समाचार
निर्वाचन कार्यालयकाे तयारी पूरा नहुदा काभ्रेमा मतगणना सुरु हुन सकेन्

काभ्रेपलान्चोक , मंसिर ५
देशकै चासाेकाे चुनावी क्षेत्र रहेको काभ्रेको प्रतिनिधि सभा क्षेत्र नम्बर २काे मत गणना साँझ ६:३० बजेबाट सुरु हुने भनिए पनि अझै सुचारु हुन सकेको छैन ।
विभिन्न कारणले दलहरु बिच बस्न नसकेको सर्वदलीय बैठक बस्न ढिला भएपछि मत गणना कार्य सुरु हुन सकेको थिएन ।भर्खर सम्पन्न दलहरुकाे सर्वदलीय बैठकले आज साँझ ६:३० बजेबाट मत गणना सुचारु हुने बताइएको छ।
यस्तै धुलिखेलमा रहेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले निकालेकाे सुचानमा काभ्रे प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत गणना ताेकिएकाे मिति , स्थान र समयमा हुने भएकोले दलले खटाएका प्रतिनिधिहरु अनिवार्य उपस्थित भइदिन अनुराेध गरेको छ ।
तर ताेकिएकाे समय डेढ घण्टा बितिसक्दा पनि निर्वाचन कार्यालयकाे आवाश्यकिय तयारि पूरा नभएको कारण मत गणना सुरु हुन सकेकाे छैन
उता प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा पनि सर्वदलीय बैठक सम्पन्न भएको छ, र दलहरुकाे सहमतिमा आज राति ११ बजेवाट मत गणना सुरु हुने जानकारि प्राप्त भएको छ।
मत गनणा स्थानमा २वटा केज युक्त तारजालि रहेको छ, तर नेकपा एमालेका नेताहरुले अर्को पनि तारजालि थप्नु पर्ने सर्त राखेकाेले केही ढिला हुन जाने बताइएको छ।


