समाचार

भुम्लुको वडा नम्बर ९मा खानेपानी सञ्चालनमा, उपभोक्ता खुसी

काभ्रे,
भुम्लु गाउँपालिका वडा नम्बर ९ खनाल गाउँको दलित बस्तिमा निर्मित खानेपानी सञ्चालनमा आएको छ। गाउँपालिका उपाध्यक्ष जितेन्द्र मान तामाङ (दावा)ले खानेपानी योजनाको उदघाटन गर्नुभएको हो ।

खानेपानीको चरम अभाव रहेको दलित बस्तीमा पालिकाको पूर्ण लगानीमा दस हजार लिटरको ट्यांकी निर्माण गरिएको हो। ३६लाख लगानीमा योजना सम्पन्न भएको छ। पानी दोभान खोलाबाट लिफ्टिङ्ग गरि गाउँमा पुर्याइएको उपभोक्ता समितिका अध्यक्ष हरि ठकुरीले जानकारी दिनुभयो। खानेपानी संचालन भएसँगै ४० घरधुरी लाभान्वित हुने बताइएको छ।

उदघाटन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका तामाङले अबको ५ बर्षसम्ममा भुम्लुको कुनै पनि गाउँमा खानेपानी अभाव हुने बताउनुभयो। उहाँले भन्नुभयो ” भुम्लुमा बृहत खानेपानी आयोजनाको काम पनि भइरहेको छ । हामी प्रत्येक वडाका टोल बस्तिहरुमा खानेपानी पुर्याउन प्रयत्नरत रहने छौ”।

अहिलेसम्म डोकोमा पानि बोकिरहेका उपभोक्ता घर घरमा धारा आएपछि खुसी भएका छन्। “हामीलाई खानेपानीको दुख थियो । टाढाबाट बोक्नुपर्ने बाध्यता थियो । घरघरमा धारा आउला भनेर सोचेका थिएनौं । अब पानीको दुख हटेको छ” -एक उपभोक्ता जित बाहादुरले खुसी व्यक्त गर्नुभएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *