समाचार
पेशागत महासंघ नेपाल काभ्रेको अध्यक्षमा – रामप्रसाद बडाल

काभ्रेपलाञ्चोक, असोज १
नेकपा एकीकृत समाजवादी निकट पेशागत महासंघ नेपाल काभ्रेको जिल्लास्तरीय कमिटी गठन भएको छ।
पेशागत महासंघ नेपालका केन्द्रिय अध्यक्ष तथा प्रेमलकुमार खनाल को प्रमुख आतिथ्यमा जिल्ला कमिटी गठन भएको हो।
विभिन्न घटक संगठनहरूको जिल्लास्तरीय संगठनबाट पेशागत महासङ्घको अध्यक्षमा राम प्रसाद बडाल , उपाध्यक्ष बलराम भैल र डा सन्तोष गौतम, महिला उपाध्यक्ष सुनमाया तामाङ, सचिव मिना स्याङतान, सहसचिव भोला सापकोटा र कोषाध्यक्ष सुभाष पौडेल सहित २५ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ।
कार्यक्रममा नेकपा एस काभ्रेका जिल्ला इन्चार्ज टोक बाहादुर वाइवा, प्रदेश सचिव लक्ष्मण लम्साल, जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतम,जिल्ला सचिव गोकुल गौतम, उपसचिव यसु लामा र बनेपा नगर कमिटीका अध्यक्ष रघुवर चौ प्रधानले बधाई तथा शुभकामना दिनुभएको थियो।
समितिका सदस्यहरुलाई पार्टी जिल्ला इन्चार्ज टोक बाहादुर वाइबाले पद तथा गोपनीयताको सफत ग्रहण गराउनुभएको थियो।


