समाचार

दार्चुलाका बाढीपीडितलाई सहयोग गर्न अपिल

काठमाडौं, भाद्र २८
           

           नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशले दार्चुला जिल्लाको विभिन्न ठाउँमा बाढीपहिरोले ज्यान गुमाउन पुगेका मृतकहरूप्रति हार्दिक श्रदान्जली ब्यक्त गरेको छ। साथै बाढीपहिरोबाट विस्तापित भएको परिवारका सदस्यहरूको उद्धार गरी राहत व्यवस्थापन गर्न सरकारसँग जोडदार माग गरेको छ।
           

        “पच्चीस गते आएको अविरल वर्षाको कारण ठूलो धनजनको क्षति पुगेको छ ,ज्यान गुमाउनेहरु प्रति हार्दिक श्रद्धाञ्जली र विस्तापितहरुलाइ उचित राहात व्यवस्थापन गर्न संघीय र प्रदेश सरकारलाई माग गर्दछौं ” अध्यक्ष हर्कबहादुर सिंहले जारी गर्नुभएको प्रेश विज्ञप्तिमा भनिएको छ।
         

        साथै राहत र उद्धारमा खटिन पार्टीमा आवद्ध सम्पूर्ण जनवर्गीय संगठन लगायत नेता कार्यकर्तालाई पनि विशेष आव्हान गर्दछौं।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *