समाचार

राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ ।

काठमाडौँ, ४ असार : राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलको अध्यक्षतामा आज बसेको बैठकले उक्त कार्यतालिका स्वीकृत गरेको हो ।

साथै उक्त बैठकमा राष्ट्रिय जनगणना २०७८ लगायत जनगणनाका सबै विवरण रहने गरी विभागको सव डोमेनमा स्थायी वेबसाइटको रुपमा रहने गरी राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुँयालले सार्वजनिक गरे । 

कार्यतालिकाअनुसार यही असार १५ गतेदेखि जनगणनाको प्रश्नावली तयारी थालेर स्थानीय तहअनुसार जनगणनाको तालिम, तथ्याङ्क प्रशोधन केन्द्रको तयारी, ‘अनलाइन’ मार्फत गणक तथा सुपरीवेक्षकको आवेदन, उनीहरुलाई तालिम, जिल्लामा जनगणनाको सामग्री जिल्ला–जिल्ला पठाउने जनगणनाका प्रदेश तथा जिल्ला जनगणना कार्यालय स्थापना, प्रारम्भिक तथा अन्तिम नतिजा र २०८० वैशाखभित्र विषयगत प्रतिवेदन सार्वजजिनक गर्ने लक्ष्य रहेको छ ।-रासस/File photo

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *