विश्व

उत्तरले दक्षिण कोरियासँगकोे सम्पूर्ण सम्पर्क माध्यममा लगायो प्रतिबन्ध

एजेन्सी २७ जेठ । दक्षिण कोरियाबाट बलूनमार्फत उत्तर कोरियाको मजाक उडाएकोमा उत्तर कोरियाले गतिविधि रोक्न चेतावनी दिएको थियो । उक्त कदमप्रति उत्तर गम्भीर भइ दक्षिण कोरियासंगको सम्पर्क माध्यममा रोक लगाएको छ ।

उत्तरले र दक्षिणलाई आफ्नो शत्रुको रुपमा देखेको छ । मंगलबार देखि जारी हुने गरी सम्पर्क माध्यममा रोक लगाइएको हो । सन् १९५३ को सन्धी अझसम्म नटुङगीएको कारण दूवै देशबीच प्राविधिक द्वन्द्व चलिआएको थियो । दुवै देशबीचमा फोन सम्बाद भएको हो ।

संवादमार्फत उत्तर कोरियाले आफ्नो निर्णय सुनाएको र वार्ताको कुनै औपचारिकता नरहेको समेत जनाएको छ । दक्षिण कोरियाद्वारा गरिएको व्यवहारप्रति सम्र्पक तोडिएको जनाइएको छ । गत हप्ता सीमामा दक्षिण पक्षीय समाजसेवीहरुले उत्तरको मजाकमा बेलुन उडाएको प्रति उत्तर कोरियाली नेता किम की बहिनी किम यो जोङले आपत्ती जनाउँदै यसले दुवै देशको सम्बन्भमा असर पार्न सक्ने धम्की दिएकी थिइन् ।

दुवै देशबीचको शान्ति सम्झौतामा असर पुगेको समेत जनाएकी थिइन् । सन् २०१८ मा दूइपक्षीय शीर्ष नेताको भेट वार्ताले सम्बन्ध सुधार भएको थियो । तर, दक्षिणले देखाएको व्यवहार प्रति उत्तरद्वारा चालिएको उक्त कदम बाध्यकारी रहेको जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *