विश्व

अमेरिकी विदेशमन्त्री पोम्पेओद्धारा विभिन्न देशका विदेशमन्त्रीसँग छलफल

२२ जेठ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले विभिन्न देशका विदेशमन्त्रीहरुसँग कोभिड १९ तथा अन्य विषयहरुका बारेमा छलफल गर्नुभएको छ । उहाँले बुधबार भारत, अष्ट्रेलिया, ब्रालिज, इजरायल र दक्षिण कोरियाका विदेशमन्त्रीहरुसँग फोनवार्ता गर्नुभएको बताइएको छ ।

हालै अमेरिका तथा विश्वका ती देशहरु पनि कोभिड १९ महामारीको समस्याबाट गुज्रिरहेको भन्दै यसबाट निकासका साथै आपसमा के कसरी सहयोग गरेर अघि बढ्ने भन्ने बारेमा सो छलफलका क्रममा कुराकानी भएको बताइएको छ ।

अमेरिकी विदेश मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा विदेशमन्त्री पोम्पेओले कोभिड १९ महामारीबाट बच्नका लागि ती देशहरुले के कसरी समन्वय गरेर अघि बढिरहेका छन् भन्ने बारेमा जानकारी लिनुभएको थियो ।

साथै त्यस कुराकानीका क्रममा ती देशहरुलाई यो महामारीबाट बच्नका लागि अमेरिकाले पनि आवश्यक सहयोग गर्ने आश्वासन पनि उहाँले दिनुभएको सो विज्ञप्तिमा जानकारी दिइएको छ । त्यस छलफलका क्रममा ती विदेशमन्त्रीहरुले आगामी दिनमा पनि महामारीको रोकथाम र नियन्त्रणका लागि सहयोग र समन्वयका साथ अघि बढ्दा के कस्तो फाइदा हुन्छ भन्ने बारेमा पनि जानकारी गराएका थिए ।

त्यस छलफलका क्रममा अमेरिका चीन सम्बन्ध तथा अरु क्षेत्रीय विषयहरुका साथै आगामी दिनमा कोभिड महामारीबाट मुक्ति के कसरी हुने र त्यसपछिको विश्वको आर्थिका विकासको अवस्थालाई के कसरी अघि बढाउने भन्ने विषयका पनि विदेशमन्त्री पोम्पेओले विदेश मन्त्रीहरुसँग आवश्यक मात्रामा कुराकानी गर्नुभएको थियो । एएनआई File photo

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *