समाचार
कांग्रेस पार्टी कार्यालयमा नेविसंघका दुई पक्षबीच हात हालाहाल
१३ माघ काठमाडौं/ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेताहरु कु टा कु टमा उत्रिएका छन् ।
सोमबार(आज) दिउँसो पार्टी कार्यालय सानेपामा विद्यार्थी नेताहरुबीच झ,डप भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले अवरोध सिर्जन गरेपछि संस्थापन समूहसँग हात हा ला हाल भएको थियो ।
पार्टीको संस्थापन पक्षले विधान विपरित नेविसंघको नेतृत्व चयन गर्न लागेको भन्दै वि,रोध प्रदर्शन गरिरहेका कुन्दनराज काफ्ले समूहमाथि हा त पात र आ क्र म ण भएको उक्त समूहले दाबी गरेको छ ।
पूर्व महामन्त्री काफ्ले भाषण गर्दै गर्दा संस्थापन पक्षका विद्यार्थीले गमला प्रहार गरेको आरोप काफ्ले समूहले लगाएको छ । गमलाले लागेर केही विद्यार्थी समेत घाइते भएका छन् । तर संस्थापन पक्षले भने सामान्य वि,वाद भएको दाबी गरेको छ ।
लामो समयदेखि काफ्ले नेतृत्वको समूह पार्टी कार्यालयमा रिले अनसनमा समेत बसेको छ ।
नेविसंघको विधानमा केन्द्रीय पदाधिकारी ३२ वर्ष भन्दा माथिको व्यक्ति हुन नहुने उल्लेख छ । तर संस्थापन पक्ष र अनन्तुष्ट पक्षले विधान विपरित बढी उमेरका नेतालाई अध्यक्ष बनाउन लागेपछि त,नाव भएको हो ।
सभापति शेरबहादुर देउवाले ५० वर्षीय राजीव ढुङ्गानालाई नेविसंघको नेतृत्व दिन लागेको भन्दै विद्यार्थीहरु असन्तुष्ट छन् ।
असन्तुष्ट विद्यार्थी नेताहरुले महासचिव काफ्लेको नेतृत्वमा सानेपास्थित पार्टी कार्यालयमा अनसनका साथ वि,रोध प्रदर्शन गरिरहेका बेला काफ्लेमाथि संस्थापन पक्षले आ क्र म ण गरेको हो ।
कांग्रेस केन्द्रीय समितिको बैठक आजै बस्ने र नेवि संघको नेतृत्व चयन गर्ने कार्यक्रम रहेकाले विद्यार्थीहरु वि,रोध प्रदर्शन र समर्थनका लागि सानेपामा भेला भएका छन् ।

