समाचार
सौतेलो बाबुले बलात्कार गर्दा तीन वर्षीया बालिकाको मृ’त्यु, जंगल गएर फर्कदा यस्तो अबस्थामा देखिन् आमाले
कञ्चनपुर । सौतेलो बावुले बलात्कार गर्दा महेन्द्रनगरमा तीन वर्षीया बालिकाको ज्यान गएको छ । ज्यान जानेमा तीन वर्षीया सुनिता चुनारा रहेको बताइएको छ । भीमदत्त नगरपालिका १८ सालघारी बस्ने ३० वर्षीय इन्द्र चुनाराले बालिकालाई बलात्कार गरेका थिए ।आफू दाउरा खोज्न जंगल गएर घरमा फर्किदा छोरीलाई बलात्कार गरिएको अवस्थामा मृत फेला पारेको आमा ललिता चुनाराले बताएकी छिन् ।
बालिकाकी आमा ललिताले तीन महिना अघि मात्रै इन्द्र चुनारासँग बिहे गरेकी थिइन् । उनले आफुले बला*त्कार गरेर मारेको आफूले प्रत्यक्ष देखेको भन्दै प्रहरीसमक्ष किटानी जाहेरी दिएकी छिन् ।
चुनाराले भने कुटपिट गर्दा बालिकाको ज्यान गएको बयानका क्रममा बताएको जानकारी दिए ।प्रहरीका अनुसार अचेत अवस्थामा भेटिएकी बालिकालाई महाकाली अस्पात पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका हुन् ।



