समाचार

मोटरबाटो पुगेपछि कृषिजन्य वस्तुले उचित मूल्य पायो

अत्तरिया, २ मङ्सिर-कैलालीको चुरे गाउँपालिका–४ खैरालासम्म मोटरबाटो पुगेपछि त्यहाँ उत्पादित कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको छ ।सुन्तला, अदुवा, भटमास, बेसार, केरा, मकै, खसीबोका, घ्यूलगायत कृषिजन्य वस्तुले उचित मूल्य पाउन थालेको हो । यसपालि सुन्तला उत्पादक किसानले विगतको तुलनामा राम्रो मूल्य पाएका छन् । मोटरबाटोको अभावमा विगतमा खैरालाका सुन्तला उत्पादक किसानले डोकोमा बोकेर कैलालीको चौमाला बजारमा बिक्री गर्दै आएका थिए । गत वर्ष चौमालामा प्रतिकिलो रु ५० का दरले सुन्तला बिक्री गरेका खैरालाका किसानले यसपालि बारीबाटै प्रतिकिलो रु ९० का दरले सुन्तला बिक्री गरिरहेको स्थानीय कृषक गणेश चन्दले बताउनुभयो ।

“गत वर्ष चौमालाबजार पु¥याएर पनि रु ३० देखि ५० का दरमा सुन्तला बेचेका थियौँ”, उहाँले भन्नुभयो, “यसपालि बारीमै आएर व्यापारीले रु ९० मा खरिद गरेर लगे । धनगढी, अत्तरिया वा अन्य बजारमा अन्य ठाउँको सुन्तला अहिले रु सय प्रतिकिलोका दरले बिक्री भइरहेको छ भने खैरालाको सुन्तलाको मूल्य प्रतिकिलो रु १५० रहेको छ ।खैरालामा उत्पादित कृषिजन्य वस्तु धनगढी, अत्तरिया, चौमाला लगायतको बजारमा पठाइने गरेको छ । खैरालाको गर्भासम्म मोटरबाटो पुगेपछि यहाँका किसानलाई सुन्तलालगायत कृषिजन्य वस्तु बजारमा पठाउन सजिलो भएको स्थानीयवासीको भनाइ छ । (रासस)प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *