समाचार

प्रधानमन्त्री ओलीका सबै सल्लाहकार र सहयोगीले दिए राजीनामा

काठमाडाैं,२४ कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीका सबै सल्लाहकार र सहयोगीले राजीनामा बुझाएका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार कुन्दन अर्यालसहित १३ जनाले राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री ओलीले निर्देशन दिए पछि प्रमखु सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, जन सम्पर्क सल्लाहकार अच्युत मैनाली, सूचना प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी, स्वकीय सचिव इन्द्र भण्डारी र सचिवालयका रामशरण बजगाईंले मंसिर १ गतेदेखि लागु हुनेगरी सामूहिक राजीनामा दिन लागेका हुन् ।

प्रधानमन्त्री ओली पछिल्लो समय आफ्नै सल्लाहकारका कारण विवादमा पर्नुभएको थियो । सिंगापुरमा उपचारमा गएपछि तथा काठमाडौंकै ग्राण्डी अस्पतालमा उपचारका लागि जाँदासमेत सल्लाहकारकै कारण प्रधानमन्त्रीको सार्वजनिक रूपमा चर्को आलोचना भएको थियो । केही मन्त्रीको कार्य सम्पादन प्रति पनि प्रधानमन्त्री असन्तुष्ट छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *