समाचार
आज फेरी ह्वात्तै बढ्यो सुन चाँदीको मूल्य
काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ ह्वात्तै उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज बिहीबारबाट लगातार घटेको सुनको भाउ आज भने पुनः उकालो लागेको हो ।
आज सुन प्रतितोला ११ सय रुपैयाँ बढेको छ । आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयामा कारोबार भएको थियो भने त्यस्तै तेजाबी सुनको मूल्य ६९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ ।
आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर ८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ । आइतबार चाँदी ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो।



