समाचार

भिडियोमा हेर्नुहोस्, हेलमेटले हानी हानी हाकिमको हत्या, भयो सिसि क्यामेरामा रेकर्ड, निर्दोष नेपाली मलेसियाको जेलमा

मलेसिया प्रहरीका हिरासतमा रहेका आफन्तको रिहाई गरिदिन वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका नेपाली नागरिकका आफन्तले माग गरेका छन् । पर्सा ठोरी गाँउपालिका वडा न ४ का ४० वर्षीय सुन बहादुर विक र झापाका टंक प्रसाद गौतम अहिले मलेसिया प्रहरीको हिरासतमा छन् ।

उनिहरुलाई हिरासत मुक्त गरी नेपाल आउने वातावरण बनाइदिन सुन बहादुर बिकका छोरा रुद्र बिकले आग्रह गरेका छन् । आफ्नो बुबा सहित टंक प्रसाद समेत निर्दोष भएकाले सक्दो चाँडो हिरासत मुक्त गर्नु पर्ने उनको माग छ ।

उनले नेपालका सम्बन्धित निकायसँग आफ्नो बुबालाई नेपाल झिकाईदिन आग्रह समेत गरे । एउटै कम्पनीमा कार्यरत सहकर्मिको कुटपीटबाट सुपरभाईजरको मृत्यु भएपछि विकसहित २ जना नेपालीलाई मलेसिया प्रहरीले पक्राउ गरेको रुद्रको भनाइ छ । हिरासतमा रहेका बिक र गौतम सुरक्षागार्ड कामका लागी मलेसिया पुगेका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *