समाचार

काम गर्ने ठाउँबाट खसेर मलेशियामा नेपाली कविन्द्रले संसार छाडे

म्याग्दीे- मलेशियामा गएका एक जना नेपाली युवाको मलेशियामा मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको धौलागिरी गाउँपालिका १ गुर्जाको कविन्द्र छन्त्याल रहेका छन् ।वैदेशिक रोजगारीका लागि मलेशियामा गएका उनको बुधबार काम गर्ने ठाउँबाट खसेर मृत्यु भएको हो ।

बुधबार राति डिउटीकै समयमा दुर्घटनामा परेर मृत्यु भएको बताइएको छ । मृतकको नाता प्रमाणितको कागजात आवश्यक रहेको र ती कागजात उपलव्ध भएपछि शव वुझ्न सहज हुने बताइएको छ ।लामो समयदेखि मलेशियामा कार्यरत छन्त्यालको शवलाई जिम्मा लिएर नेपाल पठाउने समस्या भएको बताइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *