समाचार

मोटरसाइकलमा यात्रा गरिरहेका २ जनालाई बाघले एक्कासी झम्टिएपछि यस्ती भयो

एजेन्सी – सडकमा कुदिरहेको मोटरसाइकललाई बाघले आक्रमण प्रयास गरेको एक भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ।भिडियोमा जंगलको बीचमा रहेको सडकमा मोटरसाइकल माथि बाघले आक्रमण प्रयास गरेको देखिएको छ। त्यति मात्र नभई बाघले लखेट्ने प्रयास पनि गरेको भिडियोमा देखिन्छ।भारतीय संचार माध्यमहरुका अनुसार घटना भारतको कर्नाटक-केरल बोर्डरको जंगलको हो। यस बारे पुष्टि भैनसकेको भएता पनि भिडियोमा मोटरसाइकलमा सवारहरुले मलयालम भाषा बोलेको हुँदा घटना कर्नाटक-केरल बोर्डरको जंगलको रहेको हुन सक्ने अनुमान गरिएको हो।

मोटरसाइकलमा पछाडी सवार व्यक्तिले भिडियो लिइरहेको समयमा बाघले लखेटेको भिडियो कैद हुन पुगेको हो। सोहि भिडियो सामाजिक संजालमा देखा परेसँगै भाइरल भएको छ।आक्रमण प्रयास भएका युवाहरुको पहिचान र उनीहरुको हालत बारे अहिले सम्म पनि केहि खुलेको छैन। यस कारण भिडियो कहिले को हो भनेर पनि पुष्टि हुन सकेको छैन।केहिले यस घटना वायानादमा घटेको हुन सक्ने अनुमान गरेका छन्। तर त्यस क्षेत्रको जंगल विभागले गरेको प्रारम्भिक अनुसन्धानमा भने त्यस प्रकारको घटना घटेको देखिएको छैन।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *