समाचार

एसइईको नतिजा यही साता सार्वजनिक हुने

भक्तपुर – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा यही साता सार्वजनिक गरिने भएको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार यस वर्षको नतिजा एक साता भित्र सार्वजनिक हुने भएको हो । उनले नियम नयाँ भएकाले पाठ्यक्रम र परीक्षा ढिलो भएको हुँदा रिजल्ट आउन समय लागेको बताए । उनले भने, ‘एक सातामा रिजल्ट आइसक्छ । त्यसका लागि रातदिन तयारी भैराखेको छ ।’

संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा गत साल देशभरबाट दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी कूल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी भएका थिए । त्यसमध्ये १२ हजार २ सय ८४ परीक्षार्थी ए प्लस शीर्ष ग्रेडिङमा परेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *