विश्वसमाचार

बलिउड नायिका दीपिका पादुकोणको घरमा आगलागी !

मुम्बई, ६ असार । बलिउड नायिका दीपिका पादुकोणको जति बर्णन गरेपनि कम हुन्छ । उनी फिल्ममा मात्र बहादुर छैनन् कि वास्तविक जीवनमा पनि उनी उत्तिकै साहसी छन ।

केहीदिन अगाडीमात्र दीपिका पादुकोणको बिल्डीङमा आगलागी भयो र ठूलो जनधनको क्षति हुनबाट जोगीयो । नायिका मुम्बईको जुन बिल्डीङमा बस्दै आएकी थिईन् । उसै बिल्डीङमा बिजुली सर्टहुदा आगलागी लागेको थियो ।

आगलागीको समयमा दीपिका धरमा नभए पनि उनीभन्दा माथिल्लो तलामा आगलागी भएको थियो । दीपिका यो बिल्डीङको २६ औं तलामा बस्छिन् भने ३० औ तलामा पनि उनको घर छ ।

आगलागीको खबर पाउने बित्तिकै घर आइपुगेकी उनले संकटको घडीमा हिक्मत र साहसका साहसका साथ आफनो चिन्तानै नगरि दमकल कर्मिको साथमा आफनो बिल्डीङमा रहेका मानिसहरुलाई सहयोग गरिन ।

आगलागी पछि बिल्डप्ङमा बिजुलीको आपुर्ति बन्द गरिएको थियो । पानि नै पानि भएको अपस्थामा पनि उनले यस घटनाबाट हताहत भएका धेरैलाई सहयोग गरिन । यस घटनामा सबैको ज्यान बचाउने दमकल कर्मिलाई पनि दीपिकाले धन्यबाद दिएकी थिईन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *