समाचार

गाउँमा रोजगारी सिर्जना भए मात्र जनताले न्याय पाउँछन्ः पौडेल

नेपाली काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा रोजगारी सिर्जना भए मात्र जनताले न्याय पाउने र त्यो अवस्था सिर्जना गर्न कृषि तथा पर्यटनको क्रान्ती आवश्यक रहेको बताउनुभएको छ ।नेपाली काङ्गे्रसको जागरण अभियान अन्तर्गत दोलखाको सदमुकाम चरिकोटमा आज आयोजित कार्यक्रममा उहाँले जनताको हातमा अधिकार दिनुपर्नेमा सरकार भने अधिकार केन्द्रीकरण गर्न लागेको आरोप लगाउनुभयो । देशमा जनताले आशा गर्न ठाउँ नरहेको उहाँको भनाइ थियो । जनतालाई देखाएको सपना सरकारले पूरा गरेनन् पौडेलले भन्नुभयो, “कार्यक्रममा काङ्गे्रसका प्रवक्ता विश्वप्रकाश शर्माले नेत्रविक्रम चन्द समूहलाई सरकारले वार्तामा ल्याएर हिंसा त्याग गर्नुपर्ने वातावरण बनाउनुपर्छ भन्नुभयो ।” उहाँले चन्द समूहलाई हिंसा त्याग गर्न आग्रह गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *