समाचार

पोखरीमा डुबेर दाजुभाईका ४ छोरीको ज्यान गयो, गाउँ नै डुब्यो शोकमा

काठमाडौँ – पोखरीमा डुबेर दाजुभाईका ४ छोरिको ज्यान गएको छ । घटना बिहीवार बिहानको हो । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर एकै परिवारका ४ बालिका ९ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीका अनुसार बिहान करिब ११ बजे नुहाउन पोखरीमा पुगेका उनीहरुको डुबेर मृत्यु भएको हो ।

गर्मिको समय भएकाले अन्य दिनसमेत त्यस पोखरीमा नहुन जाने गरेका उनीहरु बिहिबार भने डुबेको देखेपछि वडाअध्यक्षले स्थानीयलाई खबर गरेपछि ज्यान गएको अवस्थामा उनीहरुको शव बाहिर निकालिएको हो । मृतक ४ जना बालिकाहरु आफ्नै दाजुभाईका छोरीहरु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावतले ओएसनेपाललाई जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *