समाचार

सहचालकले चलाएको बस करिब २० फिट तल खस्यो

२० जेठ, बझाङ । बझाङको चैनपुरस्थित सिंखेत बसपार्कमा बस दुर्घटना भएको छ । महाकाली यातायात समितिको ना ७ ख ६३७१ नम्बरको बस दुर्घटना भएको हो । सहचालक लक्ष्मण कुँवरले चलाउने क्रममा बसपार्कबाट उक्त बस करिब २० फिट तल खसेको जनाइएको छ ।

दुर्घटनामा परि सहचालक कुँवर सामान्य घाइते भएका छन् । बसमा यात्रु भने थिएनन् । उक्त बसले कर्णाली यातायातको काउण्टरमा क्षती पु¥याएको र खसेपछि बसको सीसा फुटेको बझाङ प्रहरीले जानकारी दिएको छ । दुर्घटना भएको उक्त बस महाकाली यातायात समितिका अध्यक्ष डम्मर पन्तको रहेको जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *