समाचार
सिन्धुलीमा अटो दुर्घटना : १ बालिकाको मृत्यु, ३ जना घाइते
सिन्धुलीमा अटो दुर्घटना : १ बालिकाको मृत्यु, ३ जना घाइते
सिन्धुली । जिल्लाको फिक्कलमा अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन । फिक्कल गाउँपालिकाको खाङ्साङबाट घुर्मीतर्फ जाँदै गरेको स १ ज ११२८ नम्बरको अटो आइतबार दुर्घटना हुँदा फिक्कल गाउँपालिका ५ की ३ वर्षीया समीक्षा मगरको मृत्यु भएको हो । समीक्षाको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिंहले बताए । दुर्घटनामा परि घाइते हुनेमा फिक्कल ५ की २६ वर्षीया निरा मगर, सोहि गाउँका ५५ वर्षीय अन्तर बहादुर क्याप्छाकी मगर र फिक्कल ३ का ७० वर्षीय नरमान नेपाली रहेको प्रहरीले जनायो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । सबै घाइतेको जनसेवा हेल्थ केयर सेन्टर प्रालि घुर्मिमा उपचार पचार भइरहेको छ । तिब्र गतिका कारण अनियन्त्रित हुँदा अटो दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार अटो चालकको खोजी भइरहेको प्रहरीले जनायो ।
