समाचार

बालुवाटार जग्गा घोटालामा देउवा मुछिए कारबाही हुनुपर्छ : अर्जुननरसिंह केसी

झापा / नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले बालुवाटार जग्गा घोटाला प्रकरणमा सभापति शेरबहादुर देउवानै मुछिए पनि कानुनी सजाय भोग्न तयार हुनुपर्ने बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आज गरिएको पत्रकार सम्मेलनमा नेता केसीले बालुवाटार जग्गा घोटालामा नेता, कार्यकर्ता, कर्मचारी वा जोकोही मुछिए पनि पनि सबैलाई कारबाहीको दायरामा ल्याउन सरकारले आँट गर्नुपर्ने बताउनुभयो । नेता केसीले वर्तमान सरकार काण्डैकाण्डले बेरिएको भन्दै सबै सुरक्षा अंग आफ्नो मुठीमा राखेपनि हत्या, हिंसा, बलात्कारलगायतका आपराधिक घटनामा कुनै कमी आउन नसकेको टिप्पणी गर्नुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *