समाचार

कैलाश खेरले गाए नेपाली गीत

भारतीय चर्चित गायक कैलाश खेरले नेपालको सत्याकृत ब्याण्डसँग ‘भक्तिका चन्दन’ बोलको हिन्दी गीत गाएका छन् । सुर साधुको शब्द तथा संगीतमा तयार गरिएको गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन् ।
हालै उदित नारायण झासंग “होशमा बेहोसी” रिलिज गरेको सत्याकृतले गुरु पूर्णिमाको अवसर पारेर यो गीत सार्वजनिक गरेको छ ।

गीतको रेकर्डिङ मुम्बईको प्रशिद्ध रेकर्डिङ स्टुडियो कैलाशा स्टुडियोमा गरिएको थियो भने यसको मिक्सिङ मास्टरिङ बलिउडका प्रख्यात साउण्ड ईन्जिनियर आमिर शेखले गरेका हुन् ।
सत्याकृत व्यण्ड नेपालमा आफ्नै छुट्टै विशेषता बोकेको सङ्गितलाई लिएर प्रख्यात छ । यो ब्याण्डले सत्य प्रेम एवम् शान्तिको भाव बोकेको गीत सङ्गित सृजना गर्दै आईरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *