समाचार
ताप्लेजुङमा कार दुर्घटना, दुई घाईते (तस्विरहरू सहित)
ताप्लेजुङ / ताप्लेजुङ सदरमुकाम फुङलिङमा आज भएको निजी कार दुर्घटनामा २ जना घाईते भएका छन् । बा १२ च ३०० नम्बरको कार दुर्घटना हुँदा ललितपुरको कसुन्टिका टंक लिम्बू र लिम्बू संगै सवार रहेका कालीबहादुर तामाङ घाईते भएका हुन् । उनिहरु दुबै जनाको खतरामुक्त अवस्थामा फुङलिङ स्थित तमोर अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
हेलिप्याड गेट अगाडिबाट अनियन्त्रित भई झरेको कार मेवाखोला हिल रिर्सोटको माथिपट्टीको पर्खालमा गएर अड्किएको छ । दुर्घटना लगत्तै प्रहरी र स्थानीयले उद्धार गरी घाईतेलाई अस्पताल लगेका थिए । घाईते लिम्बू पाथीभरा दर्शनका लागि आएको जानकारी पाएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक संजयसिंह थापाले जानकारी दिनुभयो ।
