समाचार
मापसेमा प्रतिबन्धपछि लापसेको समस्या, गाँजा खाएर सवारी चलाउनेकाे नाम ‘घाँस खाने’
काठमाडौं । बुढानीलकण्ठ–रत्नपार्क एनएसी रूटमा गुड्ने माइक्रोबसका एकचालक वास्तविक नामले भन्दा ‘घाँस खाने’ नामबाट परिचित छन् । ती चालकले प्रायः गाँजा सेवन गरी सवारी चलाउने गरेकाले घाँस खाने नाम राखिएको हो ।
त्यस्तैं, टोखा–रत्नपार्क रुटमा चल्ने माइक्रोबसका एकचालक ‘ट्यापे’ नामले चर्चित छन् । लागूआंैषध ‘ट्यावलेट’ खाएर सवारी हाक्ने भएकाले ती चालकको नामै ट्यापे राखिएको उहाँकै सहकमी चालकहरू बताउँछन् । लागूपदार्थ सेवन (लापसे) गरी सार्वजनिक सवारी चलाउने यी दुई चालक नमूना हुन् । यातायात व्यवसायीहरूका अनुसार, सवारी चालकहरूमा लागू पदार्थ सेवनको समस्या निकै जटिल बन्दै गएको छ ।
मदिरा सेवन (मापसे) गरी सवारी चलाउदा गन्ध आउने भएकाले मोइक्रोबस, मिनीवस, ट्रिपर र ट्याक्सी लगायतका सार्वजनिक सवारीका चालकहरूले गाँजा तथा चरेश चुरोटमा राखी सेवन गर्ने र ट्यावलेट खाने गरेको पाइएको छ । बुढानीलकण्ठ माइक्रोबस व्यवसायी समितिका एकअधिकारी लापसेविरुद्ध कारवाही सुरु गर्ने हो भने उपत्यकामा चालकहरूको खडेरी पर्ने बताउनुहुन्छ । बारम्बार सम्झाइ बुझाइ गर्दा पनि अटेर गर्नेलाई सवारी धनीले नै प्रहरीको जिम्मा लगाउने गरेको पाइएको छ । आजको गोरखापत्र दैनिकमा खबर रहेकाे छ ।


