अ+
अ
अ-
गोरखाको धार्चे गाउँपालिकास्थित जङ्गल क्षेत्रमा शनिबार बिहान सुख्खा पहिरो गएको छ।
पहिरो खस्दा माटो र ढुङ्गा बुढीगण्डकी नदीमा पुगेका छन्।
बिहान करिब ९ बजे पहिरो गएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार पहिरो खसेपछि ठूलो मात्रामा धुलो आकाशमा फैलिएको थियो।
गाउँपालिका अध्यक्ष अनुसार पहिरो खसेको क्षेत्र फराकिलो रहेकाले तत्काल ठूलो जोखिम नरहेको छ।


