वीरगन्ज । पर्सास्थित वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन् । कारागारको सुरक्षा घेरा तोड्दै पोखरिया नगरपालिका–सतबरियाका सुनील साह आज कारागार सरसफाइ गर्ने क्रममा फरार भएका हुन् ।
जबर्जस्ती करणी मुद्दाका कैदी साह फरार भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको टोली परिचालन गरी खोजीलाई तीव्र पारिएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले राससलाई जानकारी दिनुभयो ।
वीरगञ्ज भारतसँगको खुला सीमा नजिकै रहेकाले फरार कैदी भारततर्फ भाग्नसक्ने आशङ्कामा सीमावर्ती क्षेत्र तथा मुख्य नाकाहरूमा निगरानी र सुरक्षा जाँच कडा पारिएको छ ।
—वीरगन्ज (पर्सा), २६ कात्तिकः पर्सास्थित वीरगञ्ज कारागारबाट एक जना कैदी फरार भएका छन् । कारागारको सुरक्षा घेरा तोड्दै पोखरिया नगरपालिका–सतबरियाका सुनील साह आज कारागार सरसफाइ गर्ने क्रममा फरार भएका हुन् ।