बालसुरक्षामा पारदर्शिताका लागि ह्यारीको आग्रह

FILE - Prince Harry, and Meghan, the Duke and Duchess of Sussex, arrive for an event, during a visit to Bondi Beach, Australia, April 17, 2026. (Jonathan Brady/Pool Photo via AP, File)
अ+
अ
अ-

सामाजिक सञ्जालका कारण बालबालिकाको ज्यान जाने घटनाप्रति चिन्ता व्यक्त गर्दै बेलायती राजकुमार ह्यारीले प्रविधि कम्पनीहरूलाई बालसुरक्षामा जिम्मेवार र पारदर्शी बन्न आग्रह गर्नुभएको छ । उहाँले सन्तान गुमाएका अभिभावकलाई उनीहरूको मृत्युको कारण पत्ता लगाउन आवश्यक डिजिटल विवरण उपलब्ध गराउन पनि आह्वान गर्नुभयो ।

युरोपेली संसद्मा मङ्गलबार सामाजिक सञ्जालका कारण ज्यान गुमाएका बालबालिकाको सम्झनामा निर्माण गरिएको ‘लस्ट स्क्रिन मेमोरियल’ उद्घाटन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । स्मारकमा दिवङ्गत बालबालिकाका तस्बिरसहितका ठूला स्मार्टफोनका प्रतिकृति राखिएका छन् ।

कार्यक्रममा पत्नी मेघन मार्कलसहित उपस्थित ह्यारीले प्रविधि कम्पनीहरूले बालबालिकालाई अनुपयुक्त सामग्रीबाट जोगाउनुपर्ने र सन्तान गुमाएका अभिभावकलाई उनीहरूको विद्युतीय उपकरणमा रहेका विवरण प्राप्त गर्न सहयोग गर्नुपर्ने बताउनुभयो । कतिपय अभिभावकले सन्तानको आत्महत्यापछि उनीहरूको फोनमा पहुँच पाउन आठ वर्षसम्म कुर्नुपरेको उहाँले उल्लेख गर्नुभयो ।

यसैबीच, मेघनका पिता थोमस मार्कल सिनियरमाथि बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री राखेको आरोप लागेपछि दम्पती पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएको हो । मेघनले सुरुमा सम्बोधन गर्ने कार्यक्रम रहे पनि भावनात्मक रूपमा तयार नभएको भन्दै पछि हट्नुभएको थियो ।

मेघनका पिता थोमस मार्कल सिनियरमाथि बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री राखेको आरोप लागेको छ । निगरानीका लागि खुट्टामा लगाइएको विद्युतीय उपकरण हटाएपछि उहाँलाई मङ्गलबार जेल पठाउन अदालतले आदेश दिएको थियो ।
—