अ+
अ
अ-
काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित चार जना न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १३ वटा उजुरी परेका छन्। समितिले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरेको छ।
संसदीय सुनुवाइ समितिका सभापति बोधराजनारायण श्रेष्ठका अनुसार प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बाग्चन, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध कुल १३ वटा उजुरी परेका हुन्।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि चार जनाको नाम सिफारिस गरेको थियो। परिषद्बाट सिफारिस भएका उनीहरूको नाम संसदीय सुनुवाइ समितिमा पठाइएको हो।
संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रस्तावित चारै जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।


