गाेकुलले गरे बालेनकाे प्रशंसा,रवि साक्षी मात्रै भएको टिप्पणी

अ+
अ
अ-

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी चार वर्ष प्रधानमन्त्री बालेन शाहका साक्षी मात्र हुने टिप्पणी गरेका छन्।

बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै चुनावमा जनताले व्यवस्था नभए पनि बालेनलाई सोझै प्रधानमन्त्री चुनेको बताएका छन्। त्यसको अर्थ आगामी चार वर्ष रवि लामिछाने बालेनका साक्षी मात्र हुने उनको टिप्पणी छ।

उनले पार्टी सत्ता र राज्यसत्ताको नेतृत्वबीच द्वन्द्व हुँदा पार्टी सत्ता पराजित भएका उदाहरण नेपाली राजनीतिमा विगतदेखि नै रहेको उल्लेख गरेका छन्।

बाँस्कोटाले बीपी कोइरालादेखि मातृकाप्रसाद कोइरालासम्मको राजनीतिक प्रसङ्ग जोड्दै नेपाली राजनीतिमा नेतृत्वको द्वन्द्व र सत्ता संघर्षका घटना दोहोरिँदै आएको बताएका छन्।

उनको यो टिप्पणीले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीचको राजनीतिक शक्ति सन्तुलन र नेतृत्वको भूमिकाबारे नयाँ बहस सिर्जना गरेको छ।