मुस्ताङ। मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ ।
करिब १५ वर्ष अघि स्थापना भएको सामुदायिक केन्द्रले मुस्ताङका ग्रामीण तथा दुर्गमक्षेत्रका नागरिकलाई सुगमको अस्पतालमा धाउनुपर्ने समस्यालाई समाधान गर्न प्रेरित गरेको छ ।
यहाँस्थित प्रदेश अस्पताल जोमसोममा २०६६ सालमा सामुुदायिक आँखा केन्द्र स्थापना गरिएको थियो । नेपाल आँखा कार्यक्रमअन्तर्गत तिलगङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा दृष्टिविहीनता निवारण परियोजनाको आर्थिक सहयोगमा मुस्ताङमा सामुदायिक आँखा केन्द्र स्थापना गरिएको हो ।
सामुुदायिक आँखा केन्द्रका नेत्र अधिकृत रुमिला नेपालीका अनुसार हालसम्म केन्द्रद्वारा बीस हजारलाई आँखा परीक्षण गरी सेवा प्रवाह गरिएको छ ।
केन्द्रद्वारा तिलगङ्गा आँखा प्रतिष्ठानका वरिष्ठ चिकित्सकको सहभागितामा हालसम्म ५०० बढीको मोतिबिन्द्र अप्रेसन गरी सेवा पु¥याएको उहाँले जानकारी दिनुभयो ।
यहाँस्थित सेवा केन्द्रले बर्सेनि दुई हजारको आँखा परीक्षण गर्ने गरेको नेत्र अधिकृत नेपालीले बताउनुभयो । केन्द्रले भौगोलिक रुपमा विकट क्षेत्रका नागरिकलाई लक्षित गरी पाँचै पालिकामा आँखासम्बन्धी सेवा पु¥याएको छ ।
आँखा रोगको पहिचान, उपचार तथा आवश्यक शल्यक्रिया मार्फत दृष्टि गुम्ने समस्या कम गर्ने र सम्भव भएसम्म दृष्टि पुनःस्थापना गर्ने उद्देश्यले संस्थाले काम गर्दै आइरहेको छ । केन्द्रले सुपथ मूल्यमा आँखा परीक्षण, औषधि तथा चश्मा उपलब्ध गराइ सेवा दिइरहेको छ ।
मोतिबिन्दु भएका आँखा बिरामीलाई स्क्रीन गरी लगत सङ्कलन गरी बर्सेनि उपल्लो मुस्ताङको चराङ र तल्लो मुस्ताङको जोमसोमको प्रदेश अस्पतालका शल्यक्रिया शिविर सञ्चालन हुँदै आइरहेको छ ।
आर्थिक अवस्था कमजोर भएका तथा ज्येष्ठ नागरिकलाई आँखाको उपचारमा सहज पहुँच पु¥याउने उद्देश्य राखेको उहाँले जानकारी दिनुभयो ।
यसैगरी, केन्द्रमा गुणस्तरीय तथा भरपर्दो सेवा प्रवाहित गर्ने आँखा परीक्षणका लागि उपकरणको समेत पर्याप्त व्यवस्था गरिएको छ ।
सामुदायिक स्वास्थ्य स्वंयसेविकाका लागि आँखासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।
केन्द्रको समन्वयमा उपल्लो मुस्ताङको चराङमा सेवा फाउन्डेसनको सहयोगमा आँखा उपचार क्लीन सञ्चालनमा छ । मुस्ताङमा आँखाको समस्या भएका बिरामीलाई लक्षित गरी सञ्चालन भएको कार्यक्रमले मुस्ताङका नागरिकहरुलाई छिटो छरितो र आर्थिक व्ययभार कम हुने गरी सेवा प्रवाह भएको र यसले समय खर्च र पैसा खर्च गरी सुगमको अस्पतालमा धाउनुपर्ने समस्यालाई धेरै हदसम्म सहज बनाएको छ ।


