फूलपातीका दिन कांग्रेस सभापति थापाको शपथ ग्रहण र पदबहाली

नेपाली कांग्रेसका सभापति थापा - मन्तव्य काठमाडौँ, १८ असोज : नेपाली काङ्ग्रेसको आइतबारदेखि काठमाडौँको खुलामञ्चमा सुरु भएको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा मन्तव्य राख्नुहुँदै नेपाली कांग्रेसका सभापति गगनकुमार थापा । तस्बिर : गोपाल दाहाल/रासस
अ+
अ
अ-

ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न भएपछि नवनिर्वाचित सभापति गगनकुमार थापाको शपथ ग्रहण तथा पदबहाली कार्यक्रम फूलपातीका दिन हुने भएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयले शुक्रबार जारी गरेको सूचनाअनुसार दसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार दिउँसो २ बजे शपथ ग्रहण तथा पदबहाली कार्यक्रम आयोजना गरिनेछ।

कार्यक्रम ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमा हुने सूचनामा उल्लेख छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको सूचनामार्फत उक्त ऐतिहासिक समारोहमा सहभागी हुन उपत्यकामा रहनुभएका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले शपथ ग्रहण गरेसँगै औपचारिक रूपमा पदबहाली गर्नेछन्।