अ+
अ
अ-
बागलुङ । ढोरपाटन नगरपालिका–८ सुनारथोकमा पिकअप भ्यानको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ । बाटो काटिरहेका बालकलाई द्रुत गतिमा रहेको भ्यानले ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख फडिन्द्रप्रसाद प्रसाईंका अनुसार गम्भीर घाइते बालकलाई बुर्तिबाङ प्रादेशिक अस्पताल पु¥याइएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । यो घटना आज अपराह्नको हो । पिकअप र त्यसका चालक हिमाल विकलाई नियन्त्रणमा लिइएको छ ।


