अ+
अ
अ-
काठमाडौँ । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तिर्थ लामा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।
कुल ७ हजार २६ मत खसेको निर्वाचनमा लामाले ४ हजार ८५७ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजय हासिल गर्नुभएको हो।
लामा संविधानसभा सदस्य, बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्यसमेत हुनुहुन्छ। काभ्रेपलाञ्चोकको राजनीतिमा सक्रिय उहाँ कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो।


