कांग्रेसको उपसभापति र महामन्त्रीमा नयाँ नेतृत्व निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति र महामन्त्री पदमा नयाँ नेतृत्व निर्वाचित भएको छ।
महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्। त्यसैगरी महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।
पार्टीको नयाँ नेतृत्व चयनसँगै नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा निर्वाचित पदाधिकारीहरूले आगामी कार्यकालमा पार्टीको संगठन, नीति तथा राजनीतिक गतिविधिमा भूमिका निर्वाह गर्नेछन्।
उपसभापति खुलातर्फ चन्द्रकान्त भण्डारीले ३ हजार ७३५ र मधु आचार्यले २ हजार ३४२ मत प्राप्त गरे। समावेशी समूहबाट विनोदकुमार चौधरी १ हजार ७४५ मतसहित निर्वाचित भए।
महामन्त्री खुलातर्फ प्रदीप पौडेलले ४ हजार १९४ र उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गरे। महिला महामन्त्रीमा डिला संग्रौला (पन्त) ३ हजार ११८ मतसहित निर्वाचित भएकी हुन्।


