अ+
अ
अ-
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बूढीगण्डकी नदीमा आएको बाढीले गोरखाको चुमनुब्री क्षेत्रमा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
थापाले आज बिहान आएको बाढीले न्याकचेत–फिलिम र धादिङ–गोरखा जोड्ने पुलसमेत बगाएको खबरले आफू दुःखी भएको बताएका छन्।
उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरेका छन्।
विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा सक्रियतापूर्वक जुट्न नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तालाई पनि उनले अपिल गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरण, नागरिकको सुरक्षा तथा उद्धार र राहत कार्यलाई प्राथमिकता दिनुपर्नेमा उनको अपिलले जोड दिएको छ।


