बुढीगण्डकीमा बाढीको वितण्डा : तीन पुल बगायाे

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपासको क्षेत्रकाे हेलिकोप्टरबाट लिइएको तस्वीर । तस्वीर सौजन्य ः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण / रासस
अ+
अ
अ-

गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाका विभिन्न स्थानमा दुईवटा झोलुङ्गे पुल, एउटा मोटरेबल पुल र घर बगाएको छ। बाढीका कारण केही घर तथा अस्थायी संरचनामा समेत क्षति पुगेको छ।

प्रहरीका अनुसार बाढीले चुमनुब्री गाउँपालिकाको न्याकचेत–सिर्दिबास तथा धार्चे गाउँपालिकाको माछीखोला–केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ। बाढीले रामबहादुर गुरुङको कच्ची घरसमेत बगाएको प्रहरीले जनाएको छ।

त्यस्तै, धार्चे गाउँपालिकाको पाँच नम्बरसहितका केही स्थानमा बाढी पसेर घर तथा अस्थायी संरचनामा क्षति पुगेको जनाइएको छ।

यसैगरी, बाढीले आरुघाट गाउँपालिकास्थित सोती–मान्बु जोड्ने मोटरेबल पुलसमेत बगाएको छ।