अ+
अ
अ-
काठमाडौ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन्। शुक्रबारदेखि सुरु भएको मतगणनामा थापाले ६ हजार ५८३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्।
सभापति पदका अर्का प्रतिस्पर्धी श्यामकृष्ण खड्कीले ३१७ मत प्राप्त गरेका छन्।
निर्वाचन समितिका अनुसार कुल ७ हजार ३९९ मत खसेकोमा ५४ मत बदर भएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि रहेका थिए।


