एआईजी बंशीधर दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस

अ+
अ
अ-

काठमाडौं । सशस्त्र प्रहरी बलका निलम्बित एआईजी बंशीधर दाहाललाई सेवाबाट बर्खास्त गर्न छानबिन समितिले सिफारिस गरेको छ।

एआईजी अञ्जनीकुमार पोखरेलको संयोजकत्वमा गठित छानबिन समितिले बिहीबार गृह मन्त्रालयमा प्रतिवेदन बुझाउँदै दाहालको आचरण संगठनको नियमविपरीत देखिएको निष्कर्षसहित कारबाहीको सिफारिस गरेको हो।

दाहालमाथि प्रधानमन्त्रीसँग सम्बन्धित उच्चस्तरीय राजनीतिक गतिविधिको गोप्य सूचना चुहाएको आरोप लागेको थियो। सोही प्रकरणमा उनलाई निलम्बन गरी छानबिन समिति गठन गरिएको थियो।

समितिले सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११० मा रहेको सजायसम्बन्धी व्यवस्थाअनुसार दाहाललाई सेवाबाट बर्खास्त सहित कार्वाहीकाे सिफारिस गरेको हो। समितिको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले थप निर्णय तथा कारबाही प्रक्रिया अघि बढाउने छ ।