अ+
अ
अ-
काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज हुने भनिएको मतदान प्रक्रिया स्थगित भएको छ। केन्द्रीय निर्वाचन समितिले मतदान कार्यक्रम एक दिन पछि सारेको जनाएको छ।
यसअघि आज बिहान १० बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका तय गरिएको थियो। तर निर्वाचन सामग्री प्रेसबाट आउन ढिलाइ भएपछि मतदान भोलि बिहान ७ बजेदेखि सुरु गर्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका संयोजक अधिवक्ता प्रेमबहादुर खड्काले निर्वाचन सामग्री छपाइ तथा प्रेसबाट प्राप्त हुन ढिलाइ भएकाले मतदानको समय सार्नुपरेको जानकारी दिएका छन्।


