अ+
अ
अ-
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको जिम्मेवारी सम्हाल्दै पद तथा गोपनीयताको शपथ लिएकी छन्। एमाले स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
राष्ट्रपति पदबाट बाहिरिएपछि भण्डारीको पार्टी राजनीतिमा सक्रियताको विषय नेपाली राजनीतिमा विभिन्न कोणबाट चर्चा हुँदै आएको छ। पार्टी राजनीतिमा सक्रिय हुन खोजेकी भण्डारीको एमाले सदस्यताका विषयमा यसअघि अध्यक्ष ओलीसँग मतभेद देखिएको थियो।
पछिल्लो समय एमालेभित्रको आन्तरिक राजनीतिक संघर्ष बढिरहेका बेला ओलीले भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिएसँगै उनको पार्टी भूमिकालाई लिएर थप चासो बढेको छ।


