गृहमन्त्रीलाई सनातनी हिन्दुहरूकाे समुहले बुझायाे सुझाव प्रतिवेदन

अ+
अ
अ-

काठमाडौ । गृहमन्त्रालयको आग्रहअनुसार सनातनी हिन्दुहरूको धार्मिक क्षेत्रसँग सम्बन्धित समस्या, असहजता तथा मौलिक धर्म–संस्कार संरक्षणका विषयमा तयार पारिएको सुझाव प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको छ।

गृह मन्त्रालयले धार्मिक क्षेत्रबीच सहकार्य र परिपूरक सम्बन्ध कायम गर्दै मौलिक धर्म–संस्कारको संरक्षणका लागि देखिएका समस्या तथा गुनासो पहिचान गरी सुझावसहितको प्रतिवेदन पेस गर्न आग्रह गरेको थियो।

सोहीअनुसार असोज १८ गते काठमाडौंको गौशालास्थित नेपाल वेदविद्याश्रममा सुझाव संकलनका लागि भेला आयोजना गरिएको थियो। भेलामा सहभागी हुन नसक्ने व्यक्तिहरूलाई ह्वाट्सएप, मेसेन्जर तथा इमेलमार्फत आफ्ना सुझाव पठाएका थिए।

विभिन्न स्थानबाट प्राप्त सुझावहरूलाई समेट्दै सुझाव संकलन समितिले गहन छलफल तथा विचार–विमर्शपछि प्रतिवेदन तयार गरेको जनाएको छ। गृह मन्त्रालयको पुनःआह्वानपछि आज प्रतिनिधिहरूको उपस्थितिमा उक्त प्रतिवेदन गृह मन्त्रालयमा बुझाइएको हो।

प्रतिवेदनमा सनातनी हिन्दु समुदायका तर्फबाट उठाइएका विभिन्न विषय तथा मागहरू समेटिएको बताइएको छ। प्रतिवेदनमा समावेश मुख्य बुँदाहरू भने सार्वजनिक गरिएको छैन्।