विशेषमा मौन रिजाल अहिले सक्रिय,गगन भए काङ्ग्रेसको हर्ट र साेल रहन्छ

अ+
अ
अ-

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. मिनेन्द्र रिजालबीच भएको भेटघाटलाई कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ।

मंगलबार गगन थापा आफैंले फोन गरेर आफूलाई सहयोग गर्न डा. मिनेन्द्र रिजाल र मिन विश्वकर्मालाई बोलाएको बताएका थिए। विशेष महाधिवेशनका क्रममा तटस्थ बसेका डा. रिजालले पन्ध्रौँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका थिए। अहिले उनले उपसभापतिको उम्मेदवारी कुन नैतिकताका आधारमा दिए भन्ने प्रश्नसमेत उठेको छ।

यता, सर्वोच्च अदालतले शेरबहादुर देउवाको रिटका पक्षमा फैसला गरे देउवा कित्तामै फर्किने उनको महत्त्वाकांक्षा रहेको बुझ्न सकिने चर्चा पनि कांग्रेसभित्र छ। तर औपचारिक रूपमा निर्वाचन आयोगले गगन थापालाई आधिकारिकता दिइसकेको थियो।

पन्ध्रौँ महाधिवेशन सम्पन्न हुने अवस्था निश्चित हुँदै गएपछि गगन कित्तामा देखिएका रिजाल र थापाबीच केही न केही राजनीतिक समझदारी वा सौदाबाजी भएको हुन सक्ने अनुमान गरिएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत डा. रिजालले कांग्रेसको ‘हर्ट र सोल’ फेरि पुनर्जागृत हुने विश्वास व्यक्त गर्दै गगन थापाको नेतृत्वलाई साथ दिने बताउँदै आएका छन्। उनले आफू कुनै पदमा लड्नैपर्छ भन्ने अर्थ नरहेको पनि बताएका छन्।

समग्रमा, डा. मिनेन्द्र रिजालले गगन थापालाई विश्वास गरेको र उनको नेतृत्वलाई साथ दिने निष्कर्षमा पुगेको अनुमान गर्न सकिन्छ।