अ+
अ
अ-
काठमाडौ । राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ७ वर्ष अवधिको ‘आरबीबीएल डिबेन्चर’ ऋणपत्र वार्षिक ६ प्रतिशत ब्याजदरमा बिक्री खुला गर्न लागेको हो।
बैंकले असोज २९ गतेदेखि प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने जनाएको छ। कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ।
सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले पाएको छ।


