फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

Protesting students throw items onto burning trash bins, as part of ongoing student blockading action calling for the hiring of substitute teachers, increased resources, and decent learning conditions in Lille, northern France, on October 1, 2026. Since late September, students have staged protests outside schools over grievances ranging from timetables, class sizes and a shortage of teachers to overheated classrooms during this year's heatwaves. The protests started in the Ile-de-France region around Paris but have now spread to other cities nationwide. (Photo by Sameer AL-DOUMY / AFP)
अ+
अ
अ-

फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै प्रदर्शन गरिरहेका छन् । केही विद्यार्थीले विद्यालयका प्रवेशद्वार अवरुद्ध गरेका छन् भने कतिपय स्थानमा सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रण गर्न अश्रुग्यास प्रयोग गरेका छन् ।
सरकारले विद्यार्थीका केही माग जायज रहेको स्वीकार गरे पनि हिंसात्मक गतिविधि स्वीकार्य नहुने जनाएको छ । सरकारले वामपन्थी राजनीतिक समूहले आन्दोलनलाई थप उक्साएको आरोपसमेत लगाएको छ । विपक्षी पक्षले भने उक्त आरोप अस्वीकार गर्दै आएको छ ।
गृह मन्त्रालयका अनुसार सोमबारदेखि ५ हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । शिक्षा मन्त्रालयका अनुसार शुक्रबार मात्रै करिब ७३५ शैक्षिक संस्था प्रदर्शनबाट प्रभावित भएका थिए । आगामी मंगलबार थप ठूलो प्रदर्शनको तयारी भइरहेको बताइएको छ ।

विद्यार्थीका विभिन्न माग
प्रदर्शनमा मुख्यतः १५ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी सहभागी छन् । उनीहरूले शिक्षकको अभाव, कक्षाकोठाको अवस्था, अत्यधिक अध्ययन तालिका तथा लामो विद्यालय समयजस्ता विषय उठाएका छन् ।
समाजशास्त्री भ्यालेरि बेक्केका अनुसार विशेषगरी कम आय भएका परिवारका विद्यार्थीले आफूहरूले समान स्तरको शिक्षा प्राप्त गर्न नसकेको महसुस गरिरहेका छन् ।

सामाजिक सञ्जालबाट प्रदर्शन विस्तार
सेप्टेम्बर १७ मा पेरिसनजिकको एक विद्यालयबाट सुरु भएको प्रदर्शन पछिल्लो एक सातामा देशका विभिन्न क्षेत्रमा फैलिएको बताइएको छ । शिक्षकको संख्या र स्रोतसाधनको अभावको विषयलाई लिएर सुरु भएको प्रदर्शनमा सामाजिक सञ्जालको पनि महत्वपूर्ण भूमिका देखिएको छ ।
विद्यार्थीले प्रदर्शनका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने गरेका छन् । ती सामग्री व्यापक रूपमा फैलिँदा आन्दोलनबारे जानकारी तीव्र गतिमा फैलिएको बताइएको छ ।

सामाजिक असमानताको विषय पनि उठ्यो
फ्रान्समा सबै विद्यार्थीका लागि माध्यमिक शिक्षाको अवसर उपलब्ध भए पनि विद्यालयको स्तर र सुविधामा भिन्नता रहेको समाजशास्त्रीहरूले बताएका छन् । आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीले थप चुनौती सामना गर्नुपरेको उनीहरूको भनाइ छ ।