दसैं–तिहारका लागि नयाँ नोट सटही सुरु, बैंकलाई आफ्नै अनुकूलतामा वितरण गर्न सक्ने व्यवस्था

अ+
अ
अ-

दसैं–तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि नेपाल राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाहरूबाट नयाँ नोट सटही सुविधा सुरु भएको छ। यसपटक विगतजस्तो निश्चित मिति र समय तोकेर नयाँ नोट वितरण गरिने छैन।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो आन्तरिक तयारी र अनुकूलताअनुसार सर्वसाधारणलाई नयाँ नोट सटहीको सुविधा दिन सक्ने व्यवस्था गरेको छ। नयाँ नोट लिन सर्वसाधारणलाई आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।

नयाँ नोट सटहीका क्रममा हुने भीडभाड व्यवस्थापन गर्न मिति र समय नतोकी बैंक तथा वित्तीय संस्थाले आफ्नो सुविधाअनुसार नोट वितरण गर्न सक्ने व्यवस्था मिलाइएको हो।

यस्तै, यस वर्षदेखि बैंक तथा वित्तीय संस्थाको मागअनुसार एटीएमबाट एक सय रुपैयाँ दरका नयाँ नोटसमेत निकाल्न सकिने व्यवस्था गरिएको छ।