अ+
अ
अ-
काठमाडौ । ग्लोबल आइएमई बैंकले आफ्नो २०औँ वार्षिक साधारण सभा असोज १६ गते गर्ने भएको छ। दुई दशक लामो यात्रा पूरा गरेको बैंकले व्यावसायिक पहुँच विस्तारसँगै डिजिटल बैंकिङ, ग्राहक सेवा तथा सेवा सञ्जाललाई विस्तार गर्दै आएको जनाएको छ।
बैंकका अनुसार विदेशमा तीनवटा प्रतिनिधि कार्यालयसहित देशभरका विभिन्न सेवा केन्द्रमार्फत ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। बैंकको सेवा सञ्जाल एक हजारभन्दा बढी पुगेको जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा बैंकको कुल निक्षेप ७ खर्ब ४४ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा बैंकले ६ अर्ब ३ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ।
साधारण सभामा सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत प्रस्तुत गरिने भएको छ। बैंकले आफ्नो वित्तीय अवस्था, व्यवसाय विस्तार तथा आगामी योजनाबारे साधारण सभामार्फत जानकारी गराउने छ।


