अ+
अ
अ-
साझा यातायातले काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ।
संविधान दिवसको अवसर पारेर शनिबारदेखि उपत्यकामा रात्रिकालीन यातायात सेवा सुरु गरिएको साझा यातायातका कार्यकारी प्रमुख भुपेन्द्र रियालले जानकारी दिए।
उनका अनुसार रात्रिकालीन सेवाका लागि विद्युतीय बस सञ्चालनमा ल्याइएको छ। साझा यातायातले बुढानीलकण्ठ, गोदावरी, जगती, रत्नपार्क, ठमेल, त्रिभुवन विमानस्थल, नागढुंगा, कीर्तिपुर, जमल र चक्रपथलगायत क्षेत्रलाई समेटेर सेवा सञ्चालन गर्ने जनाएको छ।
रात्रिकालीन बस सेवा बेलुका ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने बताइएको छ।
साझा यातायातका अनुसार उपत्यकाका विभिन्न रुटमा विद्युतीय बसमार्फत रात्रिकालीन सार्वजनिक यातायात सेवा उपलब्ध गराइनेछ।


