धनगढीमा आयोजना हुने टी–१० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको ट्रफी शनिबार सार्वजनिक गरिएको छ।
जिल्ला क्रिकेट संघको आयोजनामा धनगढी क्रिकेट मैदानमा हुने प्रतियोगिताको ट्रफी शनिबार सार्वजनिक गरिएको हो। असोज ४ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा १६ टोली सहभागी हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा चैतन्य पाठशाला, केडीसी ट्रेनिङ सेन्टर, धनगढी स्पोर्ट्स क्लब, लम्कीचुहा नगरपालिका, धनगढी योद्धा, थर्डर्स घोडाघोडी क्रिकेट एकेडेमी, बझाङ जिल्ला क्रिकेट एसोसिएसन, धनगढी लायन्स, श्रीनगर युथ क्लब, क्रिकेट एकेडेमी क्लब, सुपर होटल्स, एसपीए कलेज क्लब, सत्यवती एकेडेमी, ए रेस्ट ट्रेनिङ हाई स्कुल, एफवाईसी डडेलधुरा र सत्यवती एकेडेमी बी सहभागी हुनेछन्।
प्रतियोगिताको विजेताले ४ लाख १ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ।


