प्रधानमन्त्रीको हुकुमी शैलीले शासन चलिरहेको छ : सांसद सिंह

+
-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्रीको ‘हुकुमी शैली’प्रति कडा असन्तुष्टि जनाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले प्रधानमन्त्रीको सचिवालय तथा सल्लाहकारहरूले गर्ने व्यवहारप्रति समेत प्रश्न उठाए। उनले उद्योगमन्त्री गौरीकुमारी यादवको राजीनामाको प्रसंग उल्लेख गर्दै सरकार सञ्चालनको शैलीप्रति आलोचना गरेका हुन्।

सांसद सिंहले उद्योगमन्त्री यादवलाई प्रधानमन्त्रीको सचिवालयबाट राजीनामा दिन भनिएको भए त्यतिबेलै राजीनामा दिनुपर्ने बताए। उनले मध्यरातमा उद्योगमन्त्रीलाई पक्राउ गर्न आदेश दिइएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाए।

‘प्रधानमन्त्रीको हुकुमी शैलीले शासन चलिरहेको छ,’ सिंहले भने, ‘मध्यरातमा उद्योगमन्त्रीलाई पक्राउ गर्नु भन्ने आदेश दिइएको थियो भने त्यतिबेलै राजीनामा दिनुपर्थ्यो।’

उनले प्रधानमन्त्रीको सचिवालयबाट उद्योगमन्त्रीलाई पक्राउ गर्न आदेश दिइएको भनिएको घटनाप्रति खेदसमेत व्यक्त गरे।